
नेपाली बजारका लागि ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ‘ओप्पो ए७८’ सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । डाइमण्ड म्याट्रिक्स डिजाइन भएको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।
फोनमा मिडियाटेक एमटी६८३३ डाइभेन्सिटी ७०० चिपसेट प्रयोग गरिएको छ । ओप्पो ए७८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।
अन्तर्राष्ट्रिय बजारमा जनवरी ७ मा सार्वजनिक भएको फोन नेपाली बजारमा भने अहिले आउन लागेको हो । कम्पनीले उपलब्ध हुने मिति र मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:३६
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
