
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका प्रमुख एवम् सचिव युआन च्या च्युन काठमाडौँ आइपुगेका छन् । २६ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी भर्खरै काठमाडौँ ओर्लिएका हुन् ।
कोलम्बोबाट आएको श्रीलंकन एयरको जहाजमा युआन नेतृत्वको टोली पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।उनीहरुलाई नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र यहाँस्थित चिनियाँ राजदूत छ्न सोङ्गलेले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका छन् ।
तीन दिने राजनीतिक भ्रमणमा काठमाडौं आइपुगेको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ । टोलीका अरु सदस्यको लागि म्यारियट होटलमा बस्ने प्रवन्ध मिलाइएको बताइएको छ ।
राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्ये एक युआनले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । तर, यहीबेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु देश बाहिर छन् ।
कम्युनिस्ट पार्टीका टप २५ नेतामध्येमा पर्ने उनी अन्तरीक्ष बिज्ञानसम्बन्धी इन्जिनियर पनि हुन् । उनको भ्रमणको तयारीनिम्ति ३ वटा एड्भान्स टोली एक हप्तावीच नेपाल आइसकेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:१७
सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola
