
विश्वमा इन्टरनेटको फैलावटसँगै सोसल मिडियाको क्रेज पनि बढिरहेको छ । पछिल्लो एक रिपोर्ट अनुसार विश्वको आधाभन्दा धेरै जनसंख्या सोसल मिडियामा सक्रिय छ । त्यसमध्ये अधिकांश मानिसले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकजस्ता सोसल मिडिया प्लाटफर्म प्रयोग गर्दछन् ।
Kepios को रिपोर्ट अनुसार यो जुलाईसम्ममा विश्वको कूल जनसंख्याको ६०.६ प्रतिशत मानिसहरुले विभिन्न खालका सोसल मिडियामा प्रयोग गर्ने गरेका छन् । गत वर्षको तुलनामा सोसल मिडिया प्रयोगकर्ताको संख्यामा ३.७ प्रतिशत बढोत्तरी भएको पनि रिपोर्टमा उल्लेख छ । यदि १८ वर्षमाथिको जनसंख्याको मात्र हिसाब गर्ने हो भने विश्वका ७८.८ प्रतिशत बालिग मानिसहरुले सोसल मिडिया चलाउने गर्दछन् ।
सो रिपोर्ट अनुसार विश्वमा सोसल मिडिया प्रयोगकर्ताको संख्या करीब ४ अर्ब ८८ करोड छ । त्यस्तै पछिल्लो एक वर्षमा थप १७ करोड ३० लाख मानिस सोसल मिडियामा जोडिएको पनि रिपोर्टले देखाएको छ ।
छिमेकी मुलुक भारतमा ५० करोड मानिस सोसल मिडियामा सक्रिय छन् । उता पूर्वी तथा मध्यअफ्रिकामा भने हरेक ११ जनामा एक जनाले सोसल मिडिया प्रयोग गर्दछन् ।
Kepios को रिपोर्ट अनुसार विश्वमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले औसतमा हरेक दिन २ घण्टा २६ मिनेट विभिन्न सामाजिक सञ्जालमै बिताउँछन् । यदि मानिस हरेक दिन ७ देखि ८ घण्टासम्म सुत्ने हिसाब गर्ने हो भने हामीले हरेक दिन आफू जागा रहँदाको समयको १५ प्रतिशत त फेसबुक लगायतका सोसल मिडिया चलाएरै बिताउने गरेका छौँ । समग्रमा विश्वमा हरेक दिन १२ अर्ब घण्टाको समय सोसल मिडिया चलाएरै बित्ने गरेको छ
सोसल मिडियामा धेरै सक्रिय रहने हिसाबले ब्राजिल सबैभन्दा अगाडि छ । ब्राजिलमा मानिसहरुले हरेक २४ घण्टामा औसतमा ३ घण्टा ४९ मिनेट सोसल मिडियामा बिताउँछन् ।
उता जापानीहरु भने सोसल मिडियामा हरेक दिन १ घण्टा भन्दापनि कम समय मात्र व्यतित गर्दछन् ।
मानिसहरुले सोसल मिडियामा बिताउने समयमा उल्लेख्य वृद्धि भएको पनि रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार मानिसहरुले धेरै समय बिताउने शीर्ष सातवटा सोसल मिडियामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका साथै टिकटक, यसको चिनियाँ संस्करण डोइन र विच्याट रहेका छन् ।
विश्वका इन्टरनेट प्रयोगकर्तामध्ये ९३.९ प्रतिशतले कुनै न कुनै सोसल मिडिया चलाउने गरेको पनि तथ्यांकले देखाएको छ । सोसल मिडिया प्रयोगकर्तामध्ये महिलाको हिस्सा ४६.४ प्रतिशत र पुरुष ५३.६प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।
सोसल मिडियाको इतिहास
विश्वको सबैभन्दा पहिलो सोसल मिडिया प्लाटफर्म सिक्स डिग्री हो, जुन सन् १९९७ मा सार्वजनिक भएको थियो । एन्ड्रयू वेनरिचले उक्त प्लाटफर्म स्थापना गरेका थिए । सन् २००१ मा यो प्लाटफर्मका प्रयोगकर्ताको संख्या १० लाख भन्दा धेरै थियो । तर सोही वर्ष उक्त साइटलाई बन्द गरियो ।
पछिल्लोपटक ट्वीटरलाई टक्कर दिनका लागि मेटा कम्पनीले ल्याएको सोसल मिडिया एप थ्रेड्स सर्वाधिक चर्चामा छ । यो एपले पहिलो पाँच दिनमै १० करोड प्रयोगकर्ता पुग्ने पहिलो एप बन्दै इतिहास रचेको छ । गत जुलाई ५ मा विभिन्न १ सय देशमा थ्रेड्स लञ्च भएको थियो ।
–एजेन्सी
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:११
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
