
विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ ।
ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ । यद्यपि एप्पलले आधिकारिक रुपमा यसको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन । तथापि एप्पल जीपीटी आउने चर्चा चलेसँगै आम इन्टरनेट प्रयोगकर्ता तथा लगानीकर्ताहरुको समेत ध्यान आकर्षित भएको बताइएको छ ।
के गर्नेछ एप्पल जीपीटीले ?
एप्पल जीपीटीको सहयोगमा कम्पनीले केही नयाँ फिचरहरु उपलब्ध गराउन सक्दछ । त्यसको सहयोगमा टेक्स्टहरुको सारांश खिच्न सकिनेछ र डेटाको आधारमा प्रश्नहरुको जवाफ समेत दिन सकिनेछ । साथै उक्त एआईको क्षमतालाई अन्य एपहरुमा समेत आबद्ध गरिने बताइएको छ ।
एआई प्लाटफर्मको विकास गर्नका लागि एप्पलले एउटा टिम नै गठन गरेको छ । उक्त टिमको नेतृत्व जोन गियान्नान्ड्रियाले गरेका छन् जो एप्पलको मेसिन लर्निंग तथा एआई विभागका प्रमुख हुन् । एप्पलको आर्टिफिसियल इन्टेलिजेन्सले स्मार्टफोन, मोबाइल एप तथा भिजन प्रोलाई अझै उत्कृष्ट बनाउनमा सहयोग गर्नेछ ।
एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीबाट अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन । सिरीको प्रतिस्पर्धीको रुपमा गुगलको भ्वाइस असिस्टेन्ट पनि रहेको छ जसलाई ओके गुगल बोलेर एक्टिभेट गर्न सकिन्छ । एप्पलले नयाँ एआई प्लाटफर्मसँगै सिरीमा पनि थप सुधार गर्दैछ/छैन भन्ने बारेमा भने केही खुलेको छैन । एजेन्सीको सहयोगमा
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:०२
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

कपिलवस्तुबाट आठ महिनामा ८४ जना लागुऔषध कारोबारी पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट

छुट्टाछुट्टै तीन दुर्घटनामा १४ जना घाइते

सरकार विरुद्ध माइतीघरमा विरोध प्रदर्शन

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी
