
सुलेजा (एजेन्सी) । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि घटनास्थलमा तेल सङ्कलन गर्न पुगेका ७७ जनाका ज्यान गएको हो ।
मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट र दुर्घटनाका घटना पटक–पटक हुँदै आएका छन् । गएको अक्टोबरमा चुहावट पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा कम्तिमा एक सय ५३ जनाले ज्यान गुमाएका थिए ।
गम्भीर आर्थिक सङ्कट झेल्दै आएको नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणाले बढेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखिको इन्धन अनुदान हटाउनेलगायतका आर्थिक नीतिपछि इन्धनको मूल्य उच्च भएको छ । सरकारले आफ्नो नीतिबाट अर्थतन्त्रलाई बलियो बनाउने उदेश्य रहेको बताएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ माघ २०८१, आईतवार १०:३२
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
