
काठमाडौं । नेकपा एमालेबाट निस्काशित गरिएका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप मात्र होइन, प्रश्नैप्रश्न गरेका छन् ।
एमालेले संगठित सदस्यबाट हटाइएपछि बुधबार काठमाडौंमा पहिलोपटक पत्रकार सम्मेलन गरेका नेता रावलले वामगठबन्धन, नेकपा माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधिसभा विघटन र सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाए ।
विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको रावलको आरोप छ । नेता रावले भने, ‘उहाँको (ओली) भनाइ र गराइमा कति फरक छ । विधि, पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन ।’ उनले ओलीको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए ।
‘प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो । तर, कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाएको ?’ रावलले प्रश्न गरेका थिए ।
प्रतिनिधिसभा विघटन र त्यसपछि सर्वोच्चको अदालतबाट पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि १०बुँदे पक्षधरसँग सहमति गर्ने तर सहमति कार्यान्वयन नगरेको पनि उनले आरोप लगाए ।
नेता रावलले भने, ‘म सुदूरपश्चिम कमिटीको संयोजक थिएँ । एकीकरण हुँदा इन्चार्ज थिएँ । मेरो हकमा भने पूर्ववत् जिम्मेवारी नै दिने सहमति लागु नहुनेतर्क कुन निर्णय र नैतिक धरातलको आधारमा गर्नुभयो ?’ दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि ओली आफूविरूद्ध खुलेरै लागेको उनले बताए ।
‘सौराहामा नाराबाजी गर्न लगाइयो । खुल्ला समयमा मञ्चबाट आफ्नो पक्षमा नाराबाजी गर्न लगाउने, डकुमेन्ट्री देखाउने, बन्द सत्रमा पनि त्यस्तै डकुमेन्ट्री देखाउने, तर अध्यक्षको उम्मेदवार मलाई मन्तव्य राख्न नदिने प्रचार गर्न नदिने,’ उनले भने, ‘मेरो पक्षमा बोल्ने र पत्रकार सम्मेलन गर्नेलाई हप्किदप्की गर्ने दबाबमा राख्न े। उम्मेदवार फिर्ता गर्न लगाइयो ।’
नेता रावलले नयाँ पार्टी खोल्नेबारे जानकारी दिने भनेपनि पत्रकार सम्मेलनमा पार्टी गठनबारे केही बताएनन् । बरू, ओलीले आफूमाथि गरेको ‘दमन’को फेहरिस्त सुनाए । उनले ओलीले स्वेच्छाचारी ढंगले पार्टी चलाएको भन्दै आरोपै आरोप लगाएका छन् ।
पूर्णपाठ हेर्नुस्
Sudina Shrestha
प्रकाशित: १७ पुष २०८१, बुधबार १७:४९
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
