
काठमाडौं । रौतहटको राजदेवी नगरपालिका– ५ स्थित पासवानमा आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएका छन् ।
गएराति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किँदा जगतनाथसँगै बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।आगलागीबाट मानवीय क्षति भने भएको छैन ।प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा आज बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १५ पुष २०८१, सोमबार १२:०६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
