काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका रहेको बताएकी छन् । होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गर्दै अधिकारीले सो कुरा बताएकी हुन् ।
उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् । अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन् ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार ०९:२३
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया