काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्ड कल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
यो चलचित्रको थिम पोस्टर र फस्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी थिइन् । जसमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको थियो । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
यस्तै, छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल थिइन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी थिइन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् । ‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट-प्रडक्सनको काम अघि बढ्छ,‘ निर्देशक चौहानले भने ’कालाकारहरुको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौं ।’
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
