काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत लमजुङकी एक महिलको मृत्यु भएपछि सुरु भएको विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको बताएका छन् । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीलाई भने सरुवा गरिएको बताइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० आश्विन २०८०, बुधबार १७:१०
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने