काठामाडौं (एजेन्सी) । सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी– २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपति उपस्थित नहुने भएका छन् । युक्रेनसँगको युद्धमा फसेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुनेछैनन् ।
पुटिनलाई युद्ध अपराधको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको छ । सोही कारण, पुटिन ब्रिक्स शिखर सम्मेलनमा समेत दक्षिण अफ्रिका पुगेका थिएनन् ।
तर, चीनका राष्ट्रपति सी जिन पिङ समेत जी– २० मा उपस्थित नहुने भएपछि भारतीय उच्च अधिकारीसहित जी– २० राष्ट्र चिन्तित बनेका छन् । उनीहरुले चीन जी– २० लाई प्रभावहीन बनाउन लागि परेको समेत बताउन थालेका छन् ।
जी– २० विश्वका २० ठुला अर्थतन्त्र भएका मुलुकहरूको समूह हो । हाल यो समूहको अध्यक्षता गरिरहेको भारत वर्षको सुरुदेखि नै सम्मेलन सफल बनाउन लागि परेको थियो । यसको बाबजुद यो वर्ष भारतमा आयोजित जी– २० को कुनै पनि सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न सकेन ।
भारतले यसको दोष चीन र रुसलाई दिइरहेको छ । अर्थात चीन र रुसका कारण नै भारतमा आयोजित अघिल्ला जी– २० सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न नसकेको बताइन्छ ।
र, यही सेप्टेम्बरमा हुने सम्मेलनमार्फत समेत साझा वक्तव्य जारी गर्न नसक्ने स्थिति देखिएको छ । चीन र रुसका राष्ट्रप्रमुखको उपस्थिति बिना संयुक्त वक्तव्य जारी गर्न सम्भव छैन ।
जसको चिन्ता भारतले मात्र नभई अमेरिकाले समेत जनाइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बिले बुधबार जी– २० सम्मेलनमा संयुुक्त वक्तव्य जारी गर्ने सम्भावना न्यून रहेको बताए । किर्बिले भने, ‘हामी आसा गर्छौँ कि संयुक्त वक्तव्य जारी होस । तर, हामी सबैलाई थाहा छ संयुक्त वक्तव्य जारी गर्न मुस्किल छ ।’
जी– २० सम्मेलनमा सहभागी सम्पूर्ण राष्ट्रलाई मिलाएर संयुक्त वक्तव्य जारी गर्न भारत हरसम्भव प्रयासरत छ । आफ्नो अध्यक्षतामा हुने यो सम्मेलनमा भारत विश्व समुदायलाई सहमतिमा ल्याएर अब्बल साबित हुन चाहन्छ । तर, यो चाहना चीन र रुसका कारणले असम्भव देखिन थालिसकेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार १६:१७
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार