काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनका रक्षामन्त्री एडमिरल डोङ जुनलाई छिङदाओमा भेटेवार्ता गरेका छन् ।
भेटमा सिंहले चिनियाँ रक्षामन्त्री जुनसँग द्विपक्षीय सम्बन्धसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको बताएका छन् । उनले भनेका छन्- ‘मैले लगभग छ वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएकोमा खुशी व्यक्त गरें ।’
उनले सकारात्मक गति कायम राख्नु दुवै पक्ष (भारत र चीन) को जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
सिंहले चिनियाँ रक्षामन्त्रीलाई त्यस्तो समयमा भेटेका छन्, जब उनले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठनको बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
यसअघि, यस विषयमा जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, ‘हामीलाई आतंकवादको बारेमा केही चिन्ता थियो र हामी त्यो दस्तावेजमा जान चाहन्थ्यौं । तर एउटा देशको यसमा आपत्ति थियो । जसका कारण वक्तव्यलाई अन्तिम रूप दिइएको थिएन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
