
काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनका रक्षामन्त्री एडमिरल डोङ जुनलाई छिङदाओमा भेटेवार्ता गरेका छन् ।
भेटमा सिंहले चिनियाँ रक्षामन्त्री जुनसँग द्विपक्षीय सम्बन्धसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको बताएका छन् । उनले भनेका छन्- ‘मैले लगभग छ वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएकोमा खुशी व्यक्त गरें ।’
उनले सकारात्मक गति कायम राख्नु दुवै पक्ष (भारत र चीन) को जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
सिंहले चिनियाँ रक्षामन्त्रीलाई त्यस्तो समयमा भेटेका छन्, जब उनले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठनको बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
यसअघि, यस विषयमा जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, ‘हामीलाई आतंकवादको बारेमा केही चिन्ता थियो र हामी त्यो दस्तावेजमा जान चाहन्थ्यौं । तर एउटा देशको यसमा आपत्ति थियो । जसका कारण वक्तव्यलाई अन्तिम रूप दिइएको थिएन ।’
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार ११:५३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
