
काठमाडौं । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य राखेका थिए ।
Sudina Shrestha
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार ०९:३३
माओत्से गुरुङको निर्देशनमा ‘पेन्सनपट्टा’ बन्ने, दयाहाङ अनुबन्धित

वेदविधा आश्रम संस्कृति माविको एसइईमा ऐतिहासिक सफलता

भारतको हिमाचलमा भिषण बर्षा: अहिलेसम्म ३० जनाको मृत्यु, ३४ जना बेपत्ता

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, बयान शुरु

अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता

दीपिका पादुकोण हलिउडको प्रतिष्ठित ‘वाक अफ फेम’ सूचीमा
