आरती र शब्दयात्रा प्रकाशनको समापन गान २५ गते सार्वजनिक गरिने

बनेपा । नीलकण्ठेश्वर महादेवको आरती र शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गान यही फागुन २५ गते सार्वजनिक गरिने भएको छ । आरतीमा इ. रोशन अधिकारी, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, बबिता प्याकुरेल, बालकृष्ण सेवाचार्य र हरि मञ्जुश्रीको स्वर रहेको छ ।

कार्यक्रम समापन गानमा भने इ. रोशन अधिकारी, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, शिव बन्जारा, पुण्यवती घले र हरि मञ्जुश्रीको स्वर रहेको छ । हरि मञ्जुश्रीको शब्द रहेका दुवै गान बनेपाको फ्लुटर स्टुडियोमा स्वराङ्कन गरिएका हुन् । सार्वजनिकीकरण कार्यक्रम बनेपाको शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा हुने भएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:०६