काठमाडौं । नेपाल वायुसेवा निगमको ६८आँै वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । निगमको केन्द्रीय कार्यालय, न्युरोडमा आयोजित वार्षिक उत्सव विशेष समारोहमा माननीय संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्री खडकराज पौडेल (गनेस)को प्रमुख आतिथ्य रहेको थियो ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिको रूपमा रहेका थिए । औपचारिक कार्यक्रमअघि निगम परिसरबाट प्रभातफेरी कार्यक्रम सुरु गरी न्युरोडस्थित जुद्ध सालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा फर्किएको थियो । कार्यक्रममा निगमका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो अवसरमा पर्यटन मन्त्रीले निगमको वार्षिकोत्सवको शुभकामना दिँदै निगमले गरेका राम्रा कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने र निगमका सम्पूर्ण कर्मचारीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई शुभकामना दिँदै निगमको अवस्थालाई समीक्षा गरी अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए । निगमका अनेकौँ चुनौती र वाधाहरूका बीचमा पनि धेरै सकारात्मक सङ्केतहरू देखाउन सफल हुँदै गएको र पछिल्लो समय यात्रुहरूको सङ्ख्या वृद्धि भएको र निगमको आम्दानी पनि बढेको उल्लेख गरे ।

निगमले विगतका अनुभवबाट शिक्षा लिँदै वर्तमानका चुनौतीप्रति सजग रहँदै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यही अवसरमा निगमको तर्फबाट हरेक वर्ष प्रकाशन गरिने वार्षिकोत्सव विशेषाङ्क “आकाशभैरव”को लोकार्पण पनि गरिएको थियो । वार्र्षिकोत्सवको अवसरमा असार १२ गते निगमको केन्द«ीय कार्यालय र त्रि.अ.वि.मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा निगमका कर्मचारी लगायत कूल २६४ जनाले रक्तदान गरेका थिए ।







रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-03
गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा सांस्कृतिक सम्पदाका समर्पित शिल्पी:
विविध कार्यक्रमसहित नेपाल वायुसेवा निगमको वार्षिकोत्सव सम्पन्न
नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा ‘मिस नेपाल-२०२६’का प्रतियोगीलाई स्तन क्यान्सरसम्बन्धी जानकारी र सचेतना (फोटो फिचरसहित)
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
जर्मन दूतावासले भन्यो- नेपाली राजदुतसँग स्पष्टीकरण लिएको छैन
ट्युसन सेन्टरको भवन भत्किदा १४ बालबालिकाको मृत्यु
