काठमाडौं । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवनको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा २० जना बालबालिका र एक महिला शिक्षिका घाइते भएका छन् ।
लाहोरको कहना नौ क्षेत्रमा निर्माणाधीन भवनभित्र सञ्चालन भइरहेको निजी ट्युसन केन्द्रमा कक्षा चलिरहेका बेला छत अचानक भत्किएको थियो । त्यसबेला ७ देखि १३ वर्ष उमेरका ३० भन्दा बढी बालबालिका कक्षामा उपस्थित रहेका थिए । छत भत्किएपछि उनीहरू भग्नावशेषमा पुरिएका थिए ।
उद्धार टोलीले धेरै घण्टासम्म खोज तथा उद्धार अभियान सञ्चालन गरी बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेको थियो । मृत्यु हुनेमध्ये सात जना बालिका र सात जना बालक रहेका छन् ।
घाइते सबैलाई लाहोर जनरल अस्पतालमा भर्ना गरिएको छ र उपचारलाई प्रभावकारी बनाउन पञ्जाब प्रान्तीय सरकारले अस्पतालमा आपत्कालीन अवस्था घोषणा गर्दै अतिरिक्त चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरेको जियो न्यूजले उल्लेख गरको छ ।
दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफले गहिरो दुःख व्यक्त गरेका छन् ।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले घटनाका जिम्मेवार व्यक्तिको पहिचान गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
