अवतरणकै क्रममा भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त


भारतको उत्तरपूर्वी राज्य आसाममा शनिबार भारतीय वायु सेना (आईएएफ) को एएन–३२ परिवहन विमान दुर्घटनाग्रस्त भएको छ।


जोरहाट जिल्लास्थित वायुसेना स्टेशनमा अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। दुई इन्जिन भएको उक्त टर्बोप्रप विमान कार्गो तथा आपूर्ति ढुवानीका लागि प्रयोग हुँदै आएको थियो।


दुर्घटनापछि भारतीय वायु सेना र स्थानीय उद्धार टोलीले तत्काल उद्धार तथा आगो नियन्त्रणको काम सुरु गरेका थिए। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।


वायुसेनाले दुर्घटनाको कारण तत्काल खुल्न नसकेको बताउँदै घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ। ✈

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-13