नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितमा मोसफलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् । बाँकीमा आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् । मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए ।
विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । मोफसलका एक उदीयमान खेलाडीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बर÷अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए ।
‘साबाका आयोजनाका लागि हामीसंगै भारतले पनि दाबेदारी पेश गरेको छ । ८० प्रतिशत नेपालमा हुने सम्भावना छ ।’– अध्यक्ष गुरुङले भने ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । असार ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-12
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
Chief Whip of the Rastriya Prajatantra Party (RPP), Khusbu Oli riticizes Foreign Minister over handling of Nepal-India border issue
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग कार्यान्वयन गर्ने निर्णय
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
वेस्टमिन्स्टर प्रणालीमा संसद् नै सर्वोच्च संस्था : अर्थमन्त्री स्वर्णिम वाग्ले
२०८३ जेठ २९ गते शुक्रबार : आजको राशिफल
