काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स २०७४ साल, भाद्र ७ गते देखि अनुमति प्रदानपश्चात २०७४ कात्तिक २ गतेदेखि आफ्नो व्यावसायिक सेवा सञ्चालन सुरु गरेको कम्पनी हो ।
सिटिजन लाइफ एक सार्वजनिक सार्वजनिक लिमिटेड कम्पनी हो । कम्पनीको अधिकृत पूँजी रु. ५ अर्ब, जारी पूँजी रु. ५ अर्ब तथा चुक्ता पूँजी पनि रु. ५ अर्ब रहेको छ । यस कम्पनीका प्रमुख प्रवद्र्धकहरूमा कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित हवाई सेवा कम्पनीहरू, सफल बैंकरहरू, उत्पादनमूलक उद्योगीहरू, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, औषधि उद्योग, वित्त तथा लगानी कम्पनीहरू, होटल तथा पर्यटन व्यवसायीहरू, रियल इस्टेट व्यवसायीहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् ।

सिटिजन लाइफले देशभरका विभिन्न स्थानमा रहेका १३५ शाखा तथा उपशाखामार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीको सेवा सञ्जाल बलियो तथा विविधतायुक्त रहेको छ, जसले विभिन्न प्रकारका बीमा योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्दछ । नियामक निकायका नियम तथा कानुनहरूको पूर्ण पालना गर्दै सिटिजन लाइफले नेपाल पुनबिमा कम्पनी लिमिटेड, हिमालयन रे तथा विदेशस्थित परामर्शदाता एक्चुअरीहरूसँग पुनर्बीमा तथा प्राविधिक परामर्शको व्यवस्था गरेको छ ।

सिटिजन लाइफले ‘ग्लोबलाइजेसन’ विश्वव्यापी अभ्यासलाई स्थानीय आवश्यकताअनुसार लागू गर्ने अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय स्तरका सफल कम्पनीहरूको उत्कृष्ट अभ्यासलाई नेपाली बजारको आवश्यकता अनुसार कार्यान्वयन गर्न विशेष ध्यान दिएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत कम्पनीले ग्रामीण तथा आधारभूत तहसम्म आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ, ताकि परिवारको मुख्य आयस्रोत गुमेपछि उत्पन्न हुन सक्ने आर्थिक कठिनाइमा सहयोग गर्न सकियोस् ।
सिटिजन लाइफ ग्राहक सन्तुष्टि तथा ग्राहकलाई उच्च मूल्य प्रदान गर्ने लक्ष्यमा पूर्ण रूपमा केन्द्रित छ । कम्पनीले समाजको आवश्यकता अनुसार नविन तथा उपयोगी बीमा योजनाहरू विकास गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । परिवारको भविष्य सुरक्षित बनाउन कम्पनीले विभिन्न प्रकारका सुरक्षा तथा बचत समाधानहरू उपलब्ध गराउँछ ।

यस क्रममा २०८३ साल जेठको दोस्रो हप्ता सिटिजन लाईफ बिमा कम्पनीले सामाजिक उत्तरदायित्व (सि. यस. आर) कार्यक्रमअन्तर्गत सिटिजन लाइफ बिमा कम्पनी लिमिटेडले नेपाल क्यान्सर निवारण प्रतिष्ठानलाई १ लाख रुपैयाँ क्यान्सर सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम क्यान्सर सचेतना, रोकथाम तथा बिरामी सहयोगसम्बन्धी विभिन्न सामाजिक कार्यक्रम सञ्चालनका लागि हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानलाई सिटिजन लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको सहयोगले क्यान्सरविरुद्धको जनचेतना अभिवृद्धि, प्रारम्भिक परीक्षण तथा समुदायस्तरका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सिटिजन लाइफका प्रतिनिधिले समाजप्रति उत्तरदायी संस्था भएको नाताले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने कार्यलाई निरन्तरता दिइने बताए । कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रममार्फत समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको छ ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानले सहयोगका लागि सिटिजन लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले क्यान्सर रोकथाम तथा जनस्वास्थ्य प्रवद्र्धन अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षमा काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।
काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेषगरी निम्न आय परिवारको बालबालिकाहरुका लागि किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यस महत्वपूर्ण परियोजना निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केही मद्दत हुने अपेक्षा राखेको छ ।
सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारीअन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ ।
देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुको शैक्षिक गतिविधिमा समेत असर परेकोले जाडो मौसममा समेत उक्त क्षेत्रका बालबालिकाहरुलाई न्यानो पोशाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा अवस्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको थियो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको कर्णाली प्रदेशस्थित बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिनभन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको थियो । यस सहयोग कार्यक्रमअन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको थियो, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरूमध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैरनाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ । हाल संस्थामार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गर्दै आएको छ ।
बिगतका समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरेसँगै मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मानिस र संस्थाहरुले समाजको हितका लागि कदम बढाएर आफ्नो लक्ष्यलाई पूरा गर्न सफल पनि भएको छ । त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ, ई–नेबल नेपाल । यो संस्था सन् २०१८ सालमा स्थापना भएको यस संस्था बिगत ६ बर्षदेखि थ्रिडी प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ ।
जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात÷अंग गुमाएका बालबालिकाहरुलाई सहयोग गर्ने मुल नाराका साथ अघि बढेको यस गैरसरकारी, गैरनाफा मुलक संस्था अहिलेको समयमा लगभग १०० वटा भन्दा बढी देशहरूमा कार्यरत छ भने अहिलेसम्म नेपालमै कयौं बालबालिकहरुमाझ सहयोग पु¥याउन सफल भएको छ ।
अपाङ्गताका कारण कुनैपनि बालबालिकले समाजबाट भेद्भाव भोग्नु नपरोस् र एक सामान्य व्यक्ति जस्तै विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि सँगसगै उभिएको छ र साथ दिनु हुन सम्पुर्ण शुभचिन्तकहरुमा आह्वान गर्दछ ।
उचित शिक्षा एवं रहन–सहनको वातावरण बनाइ विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उद्देश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा बिगत २०६८ सालदेखि स्थापना भइ चितवन जिल्लाको देवघाटमा गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ । यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको बिभिन्न ठाउँदेखि हरेक समुहका महिला छात्रालाई बिना कुनै भेदभाव कक्षा ६ देखि १२ सम्म नेपाल सरकार को सरकारी पाठ्यक्रमअनुसार अध्यापन गराइन्छ । साथै, संस्कृत विषयको पनि अध्यापन गराइन्छ र निःशुल्क भोजन र आवासको व्यवस्था रहेको छ ।
गरिबी, असहाय जस्ता विभिन्न कारणले समाजबाट उत्पीडन खेप्नुपरेका बालिकाहरुलाई समाजमा शिक्षित एवं सम्मान रुपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि सँगसँगै उभिएको छ ।
बुद्धभुमी ९ इमिलियामा संचालित एक दिने निःशुल्क स्वास्थ शिविरमा ५०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार सम्पन्न स्वास्थ्य शिविरमा बुटवलका भिविन्न विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विशेषगरि दाँत, मुख, गिजा, मुटु, हाड, जोर्नी, नशा, महिला तथा प्रसुती, मधुमेह (सुगर) सम्बन्धि समस्या भएका बिरामीले स्वास्थ्य लाभ लिएका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखा र बुटवल फार्मा बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा न ९ र अनौपचारिक सेवा क्षेत्र इन्सेक कपिलवस्तुले समन्वय गरेको थियो ।
इमिलियास्थित श्री मा.बि.मा संचालित शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुले बुटवलका विभिन्न अस्पतालमा एक पटकका लागि निशुल्क तथा निश्चित प्रतिशत छुट पाउने भएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सका बीमा योजनाहरूको उद्देश्य :
-बालबालिकाको शिक्षाका लागि आर्थिक सुरक्षा प्रदान गर्नु ।
– सुरक्षा सहित सम्पत्ति तथा बचत वृद्धि गर्ने अवसर प्रदान गर्नु ।
– स्वास्थ्य तथा कल्याणसम्बन्धी समाधान उपलब्ध गराउनु ।
– अवकाशपछिको जीवनका लागि बचत तथा आर्थिक सुरक्षा सुनिश्चित गर्नु ।
सिटिजन लाइफले नियमित र अनुशासित रूपमा सानो रकम बचत गरेर भविष्यमा आर्थिक रूपमा सुरक्षित र आत्मनिर्भर बन्न सहयोग गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-12
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
Chief Whip of the Rastriya Prajatantra Party (RPP), Khusbu Oli riticizes Foreign Minister over handling of Nepal-India border issue
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग कार्यान्वयन गर्ने निर्णय
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
वेस्टमिन्स्टर प्रणालीमा संसद् नै सर्वोच्च संस्था : अर्थमन्त्री स्वर्णिम वाग्ले
२०८३ जेठ २९ गते शुक्रबार : आजको राशिफल
