काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वेस्टमिन्स्टर संसदीय प्रणालीमा संसद् नै सर्वोच्च संस्था भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद खुस्बु ओलीको प्रश्नको जवाफ दिँदै उनले सरकार गठनदेखि विघटनसम्मको अधिकार संसद्सँग रहने स्पष्ट पारे।
उनका अनुसार संसद्ले कार्यपालिकालाई शासन सञ्चालनको म्यान्डेट दिने भए पनि आवश्यक परे त्यही संसद्ले सरकार परिवर्तन गर्न सक्छ। बहुमतीय प्रणालीमा राजनीतिक अंकगणित र स्थापित संसदीय मान्यताले सरकारको स्थायित्व निर्धारण गर्ने उनले बताए।
अर्थमन्त्री वाग्लेले दैनिक प्रशासनिक र नीतिगत निर्णयका सबै विषय संसद्मा लैजान व्यावहारिक रूपमा सम्भव नहुने भएकाले कार्यपालिकालाई केही अधिकार प्रत्यायोजन गरिएको उल्लेख गरे। यद्यपि, अन्तिम निर्णय गर्ने र कानुन निर्माण गर्ने अधिकार भने संसद्मै सुरक्षित रहेको उनको भनाइ थियो।
उनले लोकतान्त्रिक शासन व्यवस्थामा संसद् र कार्यपालिका दुवैको भूमिका महत्वपूर्ण भए पनि अन्ततः जनप्रतिनिधिमूलक संस्थाका रूपमा संसद्ले नै सर्वोच्च अधिकार प्रयोग गर्ने बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-12
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
Chief Whip of the Rastriya Prajatantra Party (RPP), Khusbu Oli riticizes Foreign Minister over handling of Nepal-India border issue
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग कार्यान्वयन गर्ने निर्णय
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
वेस्टमिन्स्टर प्रणालीमा संसद् नै सर्वोच्च संस्था : अर्थमन्त्री स्वर्णिम वाग्ले
२०८३ जेठ २९ गते शुक्रबार : आजको राशिफल
