बढी मूल्यमा नुन बेच्ने दुई फार्मलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीनरतीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडको म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलको मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने मिति सकिएको वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ ।

यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । साल्टट्रेडिङले एक किलो आयोडिनयुक्त नुनको मूल्य २६ रुपैयाँ तोकेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2024-07-11