काठमाडौं, स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपियाँमा कारोबार भएको सुन आइतबार तोलामा २ हजार २ सय रुपियाँ बढेर २ लाख ५८ हजार ८ सय रुपियाँ पुगेको हो।यसअघि ३१ असोजमा प्रतितोला २ लाख ५८ हजार पुगेको सुनले आइतबार त्यो रेकर्ड तोडेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य ४ हजार ३ सय अमेरिकी डलर पुगेको छ।सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार अमेरिकी फेडरल रिजर्भ बैङ्कले ०.२५ प्रतिशत ब्याजदर घटाएपछि सुनमा लगानी बढ्दा मूल्य वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव जारी रहेकाले सुनको मूल्यमा थप घटबढ हुन सक्ने उहाँले बताउनुभयो।महासङ्घका अनुसार पछिल्लो एक महिनामा सुनको मूल्य तोलामा २२ हजार ५ सय रुपियाँले बढेको छ। मूल्य निरन्तर बढ्दा र बिहेको सिजन सकिन लागेकाले स्थानीय बजारमा सुनको कारोबार भने न्यून हुँदै गएको व्यवसायीको भनाइ छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-15
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
