
काठमाडौं । मनकामना केबलकार करिब २ महिना बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि यही २०८१ साल असार ३१ गतेदेखि ५० दिन सेवा बन्द रहने भएको छ ।

एनालग प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन् । डिजिटल प्रणालीमा स्तरोन्नति, कन्ट्रोल प्लेटहरु फेर्नुका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको कम्पनीले जनाएको छ ।

स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए । स्तरोन्नतिका लागि दक्ष प्राविधिक अस्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने कम्पनीले जनाएको छ ।


Sudina Shrestha
प्रकाशित: ११ असार २०८१, सोमबार ०८:१६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
