काठमाडौं । मनकामना केबलकार करिब २ महिना बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि यही २०८१ साल असार ३१ गतेदेखि ५० दिन सेवा बन्द रहने भएको छ ।

एनालग प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन् । डिजिटल प्रणालीमा स्तरोन्नति, कन्ट्रोल प्लेटहरु फेर्नुका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको कम्पनीले जनाएको छ ।

स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए । स्तरोन्नतिका लागि दक्ष प्राविधिक अस्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने कम्पनीले जनाएको छ ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-24
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
