काठमाण्डौं । काठमाण्डौमा आजदेखि आँप महोत्सव शुरु हुँदैछ। किसान भेञ्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा आँप महोत्सव हुन लागेको हो । पर्सि आइतवारसम्म चल्ने महोत्सवको उद्घाटन आज बिहान ११ बजे पानीपोखरीको वालनट बिस्ट्रोमा हुनेछ ।
त्यसपछि काठमाण्डौ अर्गानिक्सको कार्यालय बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने आयोजकले जनाएको छ । तीनवटै ठाउँमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आँपको प्रदर्शनी र बिक्री हुने छ ।
नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्सहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्बई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँपहरू उपलब्ध हुने आयोजकले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-21
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
