
काठमाडौं । आईआईएफटीद्वारा आयोजना गरिएको ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को उपाधि दुर्गादेवी पौडेल अधिकारी र सुमृती शाक्यले जितेकी छन् । क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृतीले उपाधि जितेकी हुन् ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुई दिन आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।

एक्स्पोमा क्याफे थिमतर्फ निकाश योञ्जन दोस्रो, निवास श्रेष्ठ तेस्रो चुँनिदा सानुमाया बानियाले ‘पब्लिक च्वाई अवार्ड’ हात पारिन् । थेसिस तर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गरिन् ।

विजेताहरुलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, आईआईएफटीका अध्यक्ष फुर्वा तेन्जिङ्ग शेर्पा, नेपाल महिला उद्यमी संघका अध्यक्ष शोभा ज्ञवाली, मिस नेपाल वल्र्ड २०२३ का सृृच्छा प्रधान, मिस नेपाल इन्टरनेशनल २०२३ का प्रशिद्ध शाह, क्रिसटल इन्टेरियर एण्ड क्रिसटल बिजनेश हबका निर्देशक दिपेन के.सी, फेशियल हाउस्का अध्यक्ष सुस्मा महरा, मिराग डोर्स, फर्निचर एण्ड यू.पि.भि.सी. का संस्थापक रेशम ज्ञवाली, आईआईएफटीका डिपोटिभ जनरल मेनेजर अन्जली महर्जन, विश्व किर्तिमानी एवं वरिष्ट पत्रकार हरि गोपाल प्रधानले अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उपमेयर डंगोलले इन्टेरियर डिजाइन पछिल्लो समय महत्वकासाथ हेर्न थालिएकोले यसमा लाग्नेको भबिशय राम्रो भएको बताइन् । उनले भनिन्, ‘अर्थसंग जोडेर हेर्ने हो भने इन्टेरियर डिजाइन एकदमै महत्वपूर्ण विधामा पर्छ । अहिले सानो कफिसप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उनले ग्रयाजुयट विद्यार्थीलाई बधाई तथा सफल भबिश्यको शुभकामना समेत दिइन् । शोभा ज्ञवाली, सृच्छा प्रधान, प्रशिद्ध शाह र सुस्मा महराले इन्टेरियर डिजाइन सम्बन्धि आ–आफनो धारणा व्यक्त गरेका थिए ।

प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएको थियो । जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी छन् ।

एक्स्पोको थेसिस जुरीमा रञ्जन प्रजापति (आर्किटेक), तेजिता वैद्य अमात्य (इन्टिरियल डिजाइनर) र क्याफे थिममा अदीति पौडेल (आर्किटेक) र पिनु श्रेष्ठ (इन्टेरियल डिजाइनर) रहेका थिए । एक्स्पोमा दुई प्रकारको प्रदर्शनि राखिएको थियो । एक अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइन थिए भने अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको थियो । एक्स्पोको विशेष प्रायोजक बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर रहेको थियो ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको छ । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त कार्यक्रमको सभापतित्व विश्वकिर्तिमानी एवं बरिष्ट पत्रकार हरि गोपाल प्रधानले गरेका थिए ।

Sudina Shrestha
प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार १०:०१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
