झापा । कनकाई नगरपालिकाका किसानले झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरपालिकाले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग गर्न थालेपछि किसानले तरकारी उत्पादन गरेका कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए ।
विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विश्वास किसानमा बढेको प्रमुख उप्रेतीले बताए । व्यापारीहरूले विषादी प्रयोग नगरिएका तरकारी खोजी–खोजी किन्ने भएकोले बिक्री गर्न पनि सजिलो भएको उनले बताए ।
नगरपालिकामा सात वटा कृषि समूहले २१ बिघामा तरकारी खेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरपालिकाले नमुना खेतीका लागि आवश्यक बिउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-19
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
