
झापा । कनकाई नगरपालिकाका किसानले झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरपालिकाले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग गर्न थालेपछि किसानले तरकारी उत्पादन गरेका कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए ।
विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विश्वास किसानमा बढेको प्रमुख उप्रेतीले बताए । व्यापारीहरूले विषादी प्रयोग नगरिएका तरकारी खोजी–खोजी किन्ने भएकोले बिक्री गर्न पनि सजिलो भएको उनले बताए ।
नगरपालिकामा सात वटा कृषि समूहले २१ बिघामा तरकारी खेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरपालिकाले नमुना खेतीका लागि आवश्यक बिउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।
Sudina Shrestha
प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०८:२३
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
