काठमाडौं । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य राखेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
