
काठमाडौँ । नेपाञ्लयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । ‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्ले हुन् ।
गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् । ‘बहादुर शाह’ले नेपाञ्लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपाञ्लयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो ।
तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ । यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ । ‘बहादुर शाह’ लाई नेपाञ्लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।
Sudina Shrestha
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:१५
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता
