बनेपा । नीलकण्ठेश्वर महादेवको आरती र शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गान यही फागुन २५ गते सार्वजनिक गरिने भएको छ । आरतीमा इ. रोशन अधिकारी, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, बबिता प्याकुरेल, बालकृष्ण सेवाचार्य र हरि मञ्जुश्रीको स्वर रहेको छ ।
कार्यक्रम समापन गानमा भने इ. रोशन अधिकारी, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, शिव बन्जारा, पुण्यवती घले र हरि मञ्जुश्रीको स्वर रहेको छ । हरि मञ्जुश्रीको शब्द रहेका दुवै गान बनेपाको फ्लुटर स्टुडियोमा स्वराङ्कन गरिएका हुन् । सार्वजनिकीकरण कार्यक्रम बनेपाको शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा हुने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
