
गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार गरिएको छ ।
निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइएको छ ।

तर समयमा रथयात्राको उचित विकल्प पहिल्याउन नसक्दा स्थानीय युवाहरुले प्रशासनले निषेधाज्ञाका बाबजुद रथ तानेका थिए ।त्यसपछि कर्फ्यू लगाएर क्षमा पूजा गरी रथयात्रा छिटो टुंग्याउने बाटो खोजिएको थियो ।
अब ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।

रथ तान्ने दिन आइतबार ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र मत्स्येन्द्रनाथको जात्रासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको थियो ।
तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा ४ सय ३४ जना थिए । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिएको हो





रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०८:२८
टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

Seven health facilities from Gandaki Province have been provided ambulance

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
Steep decline in cliff honey harvest in Myagdi

Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
