काठमाडौं । कुनै समय प्राय हरेक कार्यक्रमहरुमा एक युवती क्यामेराको एंगल घुमाइरहेकी भेटिन्थिन् । विशेषगरी उनी कल्चरल प्रोगामहरुमा भेटिन्थिन् । चिटिक्कै परेर कार्यक्रममा अतिथिहरुको तस्बिर खिचिरहँदा अरुको ध्यान भने ती क्यामेरा पर्सन युवतीतिर हुन्थ्यो । उनै युवती हुन्, सुक तुम्रोक ।

सुक तुम्रोकको विषयमा धेरै लेखिरहन पर्दैन किनकि, चिन्नेहरुले चिनेकै छन्, उनी एक कुसल फोटो पत्रकार हुन् । तर, सुकको विषयमा भन्नुपर्दा यतिले मात्र पुग्दैन । खाशमा सुक तुम्रोक एक कुसल फोटो पत्रकार मात्र नभएर संघर्षको अर्को नाम हो ।
सन् २००४ देखि उनी फोटो खिच्न थालेकी हुन् । सुरुका दिनमा रहरले फोटो खिच्न थालेकी सुक २०१० देखि भने व्यवसायिक फोटो ग्राफर बनिन् । ती दिनहरुको स्मरण गर्दै सुकले भनिन्, ‘सुरुमा त रहरले फोटो खिच्न थालेकी हुँ । रहर मेटाउन कार्यक्रमहरुमा फोटो खिच्न गइरहन्थेँ । त्यही क्रममा फोटो ग्राफर भएँ ।’

सुक तुम्रोक हङकङबाट प्रकाशित हुने ‘मूलबाटो’बाट व्यवसायिक पत्रकारिताको यात्रा प्रारम्भ गरेकी हुन् । त्यसपछि ‘बगैंचा डटकम’मा उनी जोडिइन् । बगैंचा डटकममा जोडिएपछि उनी फोटो मात्र नभएर समाचारसमेत लेख्न थालिन् ।
यसरी पत्रकारिता गर्दै काठमाडौंमा लामो समय संघर्ष गरेकी सुक तुम्रोक केही वर्षयता भने बेलायतमा बस्दै आएकी छन् । युके पुगेर पनि केही वर्ष उनी पत्रकारितामा सक्रिय रहिन् । सुक तुम्रोक पाँचथर सेवा समाज युकेको मिडिया को–अर्डिनेर भएर काम गरिन् । तर, अहिले भने उनले व्यवसायिक सक्रिय फोटो पत्रकारिता छाडिन् । केही दिनअघि विदामा नेपाल आएकी सुक उनी भन्छिन्, ‘हिजोआज त फोटो खिच्दिन, आफ्नै लागि मात्र खिच्छु ।’

नेपालमा रहँदा सुकले विवाह, पार्टी तथा विभिन्न सेमिनारहरुको पनि फोटो खिच्थिन् । त्यो सब आफ्नो पेट पाल्नका लागि थियो । तर, संघर्ष गर्दै जाँदा उनी बेलायत पुगिन् । जहाँ उनी जागिर खान्छिन् । विदेशमा जागिर खाएन भने पेट पाल्न गाह्रो हुन्छ, त्यसैले पनि सुकले सक्रिय फोटो पत्रकारिता छाडिन् ।
फोटो पत्रकारिता आफैमा जोसखमपूर्ण पेसा हो । तर, जोखिम मोलेर पनि सुकले करिब १० वर्ष सक्रिय फोटो पत्रकारिता गरिन् । एकातिर फोटो पत्रकारिता उनका लागि रहर थियो भने अर्कोतिर बाध्यता । किनकि, सुकले फोटो खिच्छ भन्ने थाहा पाउने र चिन्नेहरुले उनलाई कार्यक्रमहरुमा बोलाउथेँ । बोलाएपछि जानै पर्ने हुन्थ्यो । त्यसरी नै सुुकको फोटो पत्रकारिता झागिएको थियो । अझ लिम्बूहको कार्यक्रमहरुमा त उनको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । जहाँ सुक भएन भने कार्यक्रम नै खल्लो हुन्थ्यो । बेलायत गएपछि पनि थाहा नपाएकाहरुले नेपालका हुने कार्यक्रमहरुमा उनलाई खोज्थे ।

फोटो पत्रकारितामा पुराएको योगदानमार्फत विभिन्न मान सम्मान र पुरस्कारहरुबाट पुरस्कृत भएकी सुक तुम्रोक लिम्बू पत्रकार संघ उपत्यका समितिको उपाध्यक्ष समेत भइन् । यसरी फोटो पत्रकारितामा पहिचान बनाएकी सुक हिजोआज समाजसेवी बनेकी छन् । तर, पत्रकारिता कहिल्यै पनि पूर्व हुँदैन । त्यसैले सुकको परिचयमा फोटो पत्रकारसँगै समाजसेवी पनि जोडिएको छ ।

केही दिनको विदामा नेपाल आएकी फोटो पत्रकार सुक तुम्रोक भन्छिन्, ‘यस पटक छोटो समयका लागि विदामा आएकी हुँ । त्यसैले साथीसंगीहरु पनि भेट्न पाएकी छैन । सकेसम्म सबैलाई भेटेर बेलायत फर्कने सोच बनाएकी छु । खै हेरौँ, समय पुग्छ पुग्दैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-23
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
