
काठमाडौं । नेपाली कम्पनी ग्र्याभिटी लाइफस्टाइल नयाँ इयरबड सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत ग्र्याभिटीको एयरशट २५० टीडब्लूएस इयरबड आज राति १२ बजे सार्वजनिक हुने भएको हो ।
इयरबड सार्वजनिक हुने उपलक्ष्यमा कम्पनीले सबैभन्दा पहिले खरिद गर्ने १०० जनालाई एक हजार पाँच सय रुपैयाँ छुट दिने जनाएको छ । आज राति १२ बजेपछि दराजबाट उक्त प्रडक्ट खरिद गर्दा सो छुट पाइनेछ ।
कस्तो छ ग्र्याभिटीको इयरबड ?
ग्रयाभिटी लाइफस्टाइल प्रालिले नेपालमा कस्टमाइज गरेको ‘एयरशुट २५०’ न्वाइज क्यान्सिलेसन भएको इयरबड हो । १० एमएम डाइनामिक साउन्ड ड्राइभर भएको इयरबड ब्लुटुथ ५.३ मा आधारित छ ।
इयरबडमा लगातार छ घण्टाको प्लेब्याक ब्याट्री ब्याकअप छ भने केसमा थप २४ घण्टा ब्याट्री ब्याकअप हुने कम्पनीको दाबी छ । उत्कृष्ट साउन्डको अनुभव दिन यसमा दुईओटा स्पिकर छन् ।
यसमा स्वतः डिभाइससँग पेयर हुने सुविधा छ । चार्जिङका लागि टाइप-सी केबल सपोर्ट गर्ने यो इयरबड तीन ओटा कलर भेरियन्टमा खरिद गर्न सकिन्छ । ३० जुलाईसम्म दराजबाट यो इयरबड तीन हजार १९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यसपछि भने उक्त इयरबड चार हजार ५०० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:४०
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
