बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध

पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कालोभिरस्थित बेनी-जोमसोम-कोरोला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ  ।

बुधबार बिहान कालोभिरस्थित बेनी-जोमसोम- कोरोला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अबरुद्ध भएको  प्रहरीले जनाएको छ ।

सडकको अवरोध खुलाउन समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

pratikshya

प्रकाशित: १ श्रावण २०८२, बुधबार १३:२७