काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । लामो विवादपछि मेयर बालेन्द्र शाह (बालेन) ले आजका लागि बैठक बोलाएका छन् ।
आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने उपस्थित नहुने भएका छन् । गुरागाईंलाई बिदामा पठाएर आज कार्यपालिकाको बैठक राख्ने सहमति भएको छ ।
महानगर प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको विवादपछि गत पुस यता कार्यपालिका बैठक बस्न सकेको थिएन ।
आजको कार्यपालिका बैठक अघि बालेनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका छन् । उक्त समितिले महानगरमा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्नेछ । त्यसपछि उपप्रमुख संयोजक रहेको राजस्व परामर्श समितिको बैठक बस्नेछ र त्यसपछि मात्र कार्यपालिका बैठक बस्ने बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भएपनि काठमाडौं महानगरमा मेयर र प्रमुख कार्यकारी अधिकृतबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आँकडा अनुसार अहिलेसम्म ७५३ मध्ये ५३५ स्थानीय तहले मात्र आफ्नो बजेट मन्त्रालयमा रेकर्ड गराएका छन् । अझै २१८ स्थानीय तहले आउदो आर्थिक बर्षको बजेट विवरण मन्त्रालयमा बुझाएका छैनन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
