
रसुवा । भोटेकोशीमा आएको बाढीले पुर्याएको नोक्सान प्रारम्भिक विवरण संकलन गर्न समिति गठन गरिएको छ ।
समितिमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनाका योजना प्रमुख ई. खड्गलाल श्रेष्ठ संयोजक रहेका छन् ।
त्यस्तै सदस्यमा प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराई, यान्त्रिक कार्यालय, नुवाकोटका प्रमुख विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण, धादिङका प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड गाउपलिका-२ का वडा अध्यक्ष कामी छिरिङ तामाङ, रसुवा विद्युत प्राधिकरणका प्रमुख गुन्जमान तामाङ, नेपाल टेलिकम, रसुवाका नारायण श्रेष्ठ, रसुवागढी जलविद्युतका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युतका प्रमुख मनिष विष्ट, नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत, नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपध्यक्ष गंग बहादुर घिमिरे र जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी रहेका छन् ।
बुधबार बसेको रसुवाको जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समितिको आकस्मि बैठकले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १४:५७
गायक परेश र गायिका रन्जिता लिम्बुको बुट्टे झोलीमा सार्वजनिक

95 people deaths in road Accident during the fiscal year 2024/25 in jhapa district

एमालेसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

सुर्खेतबाट पेस्तोलसहित दुई जना पक्राउ

सिरहाबाट ७१७ केजी गाँजा बरामद

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ- प्रधानमन्त्री ओली
