काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलविरुद्ध ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले ब्राजिललाई अमेरिकी प्राविधिक कम्पनीहरूमाथि आक्रमण गरेको आरोप लगाउदै ५० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले ब्राजिल सरकारमाथि पूर्व राष्ट्रपति जायर बोल्सोनारोको जासुसी गरेको पनि आरोप लगाएका छन् । बोल्सोनारोमाथि ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप लगाइएको छ । हाल यस विषयमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । बोल्सोनारो र ट्रम्पको राम्रो रहेको बताइन्छ ।
ट्रम्पको घोषणापछि ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले अमेरिकी करविरुद्ध पनि कर लगाउने बताएका छन् ।
उनले ब्राजिलले न्यायिक प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताउदै ब्राजिलले कसैको हस्तक्षेप स्वीकार नगर्ने र कानूनभन्दा माथि कोही नभएको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
