अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी र सोही उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका-१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौंडा उपमहानगरपालिका-९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-९ बस्ने ५५  वर्षीय अर्जुन रूम्बालाई अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४  मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका-१ आनन्दबाग बस्ने ४९ वर्षीय बिक्रम सिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, बैजनाथ गाउँपालिका-३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका- ८ घर भएका २६ वर्षीय लाल बहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका-१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका-७ बस्ने ३० वर्षीय प्रकास पोखरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

pratikshya

प्रकाशित: १९ असार २०८२, बिहीबार १५:०९