
डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ जना विदेशी र आठ सय ६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशी र एक हजार छ सय ८५ जना नेपाली र आर्थिक वर्षा २०७८÷७९ मा १९ जना विदेशी, तीन जना सार्क राष्ट्रका र दुई हजार एक सय ८७ जना नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार ०८:०७
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
