काठमाडौँ । बोर्ड अफ एयरलाइन्स रिपिजेन्टेटिभ्स इन नेपाल ‘बार्न’को सन् १९९० स्थापना भएको यो संस्थाको गत हप्ता सम्पन्न नेपालमा उडान भर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको छाता संगठन ‘बोर्ड अफ एयरलाइन्स रिपिजेन्टेटिभ्स इन नेपाल’ (बार्न) अध्यक्षमा नेपाल वायुसेवा निगमका वाणिज्य विभागका निर्देशक अनिल घिमिरे निर्विरोध चयन भएका छन् ।

बार्नको ३० र ३१औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ‘रेजिलियन्ट स्काइज, सेयर्ड भिजन’ भन्ने नारासाथ सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।
बोर्ड कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा (इन्डिगो एयरलाइन्स), द्वितीय उपाध्यक्ष अवित श्रेष्ठ (एओसी–एन), महासचिव सरिक बोगटी (कतार एयरवेज) र कोषाध्यक्ष नवराज शाही (फ्लाई दुबई) चयन भएका छन् ।
यस्तै, कार्य समितिमा सेर्कान बसार (टर्किस एयरलाइन्स), जुनु मलेकु (क्याथे प्यासिफिक), धिरजचन्द्र श्रेष्ठ (चाइना साउथन), सन्तोषविक्रम राणा (थाई एयरवेज), तृप्ति क्षेत्री (मलेसिया एयरलाइन्स), रमेश लामिछाने (इमिरेट्स) र बासु लामिछाने (फिट्स एयर) चयन भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-07
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
नेपालमा पहिलोपटक ISFA 3v3 स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
विश्वकप फुटबलबाट बाहिरिए यी १६ देश
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
