हुम्ला । जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हिउँदे बिदापछि विद्यालयहरूमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नु परेको हो ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले फागुन १६ गते बुधवारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु हुने बताउनुभयो । उहाँले यसअघिका गत मङ्सिरमा बसेको प्रधानाध्याकहरुको बैठक फागुन १६ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अनिवार्य सुरु गर्ने निर्णय अनुसार पढाई सुरु हुने बताउनुभयो ।
गत फागुन २ गतेबाट सबै विद्यालयहरू सञ्चारमा आएर भर्ना कार्य गरेको र अव भर्ना कार्य अन्तिम चरणमा पुगेकोले पढाई सुरु हुनेछ । सिमकोट गाउँपालिकामा सामुदायिक विद्यालयहरू २१ वटा रहेका भने चार वटा संस्थागत विद्यालय रहेका छन् । यी सबै विद्यालयहरुमा पठनपाठन सुरु हुनेछ । यी विद्यालयहरूमा तीन हजार विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ ।
विद्यालयहरू भने हिउँदे बिदापछि फागुन २ गतेबाट सञ्चालनमा आएका थिए । गत पुस १६ गतेबाट हिउँदे बिदा सुरु भएको थियो । यता खार्पुनाथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पनि फागुन १६ गतेबाटै पठन पाठन सुरु हुने भएको छ । उक्त गाउँपालिका शिक्षा शाखाका प्रमुख ललितजंग शाहीले १७ वटा विद्यालयहरूमा पढाई सुरु हुने बताउँदै यसबाट दुई हजार आठ सय बिधार्थीहरुको पढाई सुरु हुने बताउनुभयो ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयहरूमा पनि फागुन १६ गतेबाट पढाई सुरु हुने शिक्षा शाखा प्रमुख बिरजंग शाहीले बताउनुभयो । यता चङ्खेली गाउँपालिकाका २६ वटा विद्यालयहरूमा पनि भोलीबाट पठनपाठन सुरु हुने भएको छ । त्यसैगरि ताँजाकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरू भने फागुन ९ गतेबाट पढाई सुरु भएको सो गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले बताउनुभयो । – गोरखापत्रबाट
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-28
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
