
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।
कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ । त्यसका लागि आवेदन फारम फागुन १५ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।
आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ । यसअघि पहिलो चरणमा प्रवेश परीक्षा भएर विद्यार्थीको पठनपाठन समेत सुरू भइसकेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०९:००
दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

आज विश्व वातावरण दिवस

मध्यपहाडी लोकमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू

दमकमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
