काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिएको भन्दै कुलिङ पिरियड नराखी विधेयकका अगाडी नबढ्ने चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि यो विषयले विवादित भएको छ ।
यसैप्रसंगमा नेता कोइरालाले यस घटनालाई संसदप्रतिको अपमान भएको भन्दै यो सामान्य घटना नभएको बताएका छन् ।
उनले भनेका छन्-
सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
