सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिएको भन्दै कुलिङ पिरियड नराखी विधेयकका अगाडी नबढ्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि यो विषयले विवादित भएको छ ।  

यसैप्रसंगमा नेता कोइरालाले यस घटनालाई संसदप्रतिको अपमान भएको भन्दै यो सामान्य घटना नभएको बताएका छन् । 

उनले भनेका छन्-   

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।

Sudina Shrestha

प्रकाशित: १७ असार २०८२, मंगलवार १०:१३