
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।
दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । गएको शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।
नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अङ्क छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्कका साथ लिग–२ को शीर्ष स्थानमा छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०८:४६
कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते

साविक विजेता ललितपुरको सुपर लिग २०२५ मा पहिलो जित

Govt, cooperative sector can boost national economy: Acting PM Singh

संसद्को हिउँदे अधिवेशनबाट नौ वटा विधेयक पारित

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आजदेखि फेरि काठमाडौंमा प्रदर्शन गर्दै शिक्षकहरु
