काठमाडौँ । संयुक्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् ।
नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१ औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताएका हुन् ।
उनले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सहीरुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उनले बताए ।
त्यस अवसरमा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-25
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
