काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते सो सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने भएका छन् । गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित सडक विभागका अधिकारीहरुले फ्लाईओभरको अनुगमन गरेका थिए ।
यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
