
ललितपुर , गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा काठमाडौं महानगरपालिका पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै काठमाडौंले दोस्रोपटक उपाधि जित्ने अवसर बनाएको छ । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो ।
आगामी २ जेठमा हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंका लागि खेलका म्यान अफ दि म्याच मनिष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे । पहिलो हाफको अन्तिमतिर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गोल खायो ।
काठमाडौंका लागी खेलको ४५ औं मिनेटमा सेढाईले सुरुवाती गोल गरे भने लगत्तै ईन्जुरी समयमा पौडेलले थप गोल गर्दै अग्रता दोब्बर पारे । काठमाडौंका लागि अर्को एक गोल सेढाईले ७९औं मिनेटमा गरे ।
काठमाडौं समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक गोदावरी र दक्षिणकाली भिड्ने
गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । समूह ए मा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह सीमा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६, ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार २१:१६
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
