
बनेपा । काभ्रे गतहप्ता भाषा, साहित्य, कला, संगीत र संस्कृतिको उन्नयन संगम स्थल शब्दयात्रा प्रकाशनले एकैपटक ८ जनावाङमय सेवीहरूलाई सम्मान तथा ४ वटा पुस्तकविमोचन गरेको छ ।

प्रा. डा. शंकरराज पाठक, डा. कान्ता भट्टराई, आदित्यमान श्रेष्ठ, डा. उषा ठाकुर, कन्हैयानासननी, माधव वियोगी, नरनाथ लुइँटेल र डा. दुर्गाबहादुर घर्तीलाई आआफ्नो वाङमयीक्षेत्रमाउत्कृष्ट सेवा गरे बापत सम्मान समर्पण गरेको हो ।

सो सम्मानको व्यवस्था प्रा. लालानाथ सुवेदी, कृष्णहरि मैनाली, सुनिल सापकोटा, हरि गोपाल प्रधान, माधवी पराजुली, कविप्रसाद प्याकुरेल, शारदा प्रसाद शर्मा, राजेन्द्र बिरहीले गरेका थिए ।

सोही कार्यक्रममा अजयकुमार पोख्रेलको “ग्वालटारदेखि बानेश्वर सम्म”, द्रोणप्रसादश्रेष्ठको “सम्पादक्यौली”, लक्ष्मणसुन्दर सैंजूको “दस पैसा” र समीर आचार्यको “शब्दचित्रमा सावित्रीजङ्गम थापा” कृतिहरुको सार्वजनिक भयो ।

कार्यक्रममा प्रा. डा. सुरेशराजकी धर्मपत्नी स्व. उर्मीलाशर्मा ढुङ्गेलद्वारा सुरेशराज शर्माको विषयमा रचित हरिमञ्जुश्रीको संगीत, मत्स्येन्द्रश्वर सापकोटाको सुपरिवेक्षण, बालकृष्ण सेवाचार्यको वाद्यवादन, योजना खड्कीद्वारा स्वरवद्धभएको गीतको समेत सार्वजनिक भएको थियो ।

कार्यक्रमको अध्यक्षता साबसत्रीजङ्गम थापा, आतिथ्यता सम्मानित व्यक्तिहरु, संचालन हरिमञ्जुश्री, स्वागत मन्तव्य जय नारायण नेपाल, कृतिचिनारी डा. इन्दुल केसी र कार्यक्रम समीक्षा, प्रा. डा. शंकरराज पाठकको शुभकामना मन्तव्य एवं कार्यक्रम समीक्षा एवं समापन माधववियोगीले गरेका थिए ।

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित चारवटा पुस्तकलाई आफ्नै सभा कक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रममा लक्ष्मणसुन्दर सैँजूको कथासङ्ग्रह ‘दस पैसा’लाई सावित्रीजङ्गमथापा र नरनाथ लुइटेलले एवं द्रोणप्रसाद श्रेष्ठको सम्पादकीय, भूमिका र मन्तव्यको सङ्ग्रह ‘सम्पादक्यौली’लाई कृतिकार द्रोणप्रसाद श्रेष्ठ र पत्रकार बलदेव थापाले सार्वजनिक गरेका थिए ।

यसै गरी अजयकुमार पोखरेलद्वारा लिखित आत्मसंस्मरण ‘ग्वालटारदेखि बानेश्वरसम्म’ डा. फणिराज पाठक र डा. छत्रपति दाहालबाट एवं समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्रीजङ्गमथापा’ रामशरण न्यौपाने र डिल्ली प्रसाद मूलतिहुनबाट सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएका चारैवटा पुस्तकका विषयमा डा. इन्दुल केसीले सङ्क्षिप्त चिनारी गराएका थिए । यी चार पुस्तकसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या २४८ पुगेको छ ।

सोही कार्यक्रममा अजयकुमार पोख्रेलको ‘ग्वालटारदेखि बानेश्वर सम्म, द्रोणप्रसाद’ श्रेष्ठको ‘सम्पादक्यौली’, लक्षमणसुन्दर सैंजूको ‘दस पैसा’ र समीर आचार्यको ‘ शब्दचित्रमा सावित्रीजङ्गमथापा’ कृतिहरुको सार्वजनिकीकरण भयो ।

प्रकाशनमा आयोजित कार्यक्रममा योजना खड्गीलाई आध्यात्मिक प्रवाचिका तथा पूर्वमन्त्री डा. कान्ता भट्टराईले र बालकृष्ण सेवाचार्यलाई अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीले आभार पत्र प्रदान गरेका थिए । गानको सार्वजनिकीकरण प्राज्ञ, प्राध्यापक तथा नृत्यविद् बेटी बज्राचार्यले गरेका थिए । त्यो गान ‘अक्षरधाम’ यु–ट्युब च्यानलबाट सुन्न सकिनेछ ।

साथै प्रा. डा. सुरेशराजकी धर्मपत्नी स्वउर्मीला शर्मा ढुङेलद्वारा सुरेशराजशर्माको बिषयमा रचित हरिमञ्जुश्रीको संगीत, मत्स्येन्द्रश्वर सापकोटाको सुपरिवेक्षण, बालकृष्ण सेवाचार्यको वाद्यवादन, योजना खड्कीद्वारा स्वरवद्ध भएको गीतको समेत सार्वजनिकीकरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता साबित्रीजङ्गमथापा, आतिथ्यता सम्मानीत ब्यक्तिहरु, संचालन हरिमञ्जुश्री, स्वागतमन्तब्य जयनारायण नेपाल, कृतिचिनारी डा. इन्दुल केसी र कार्यक्रम समीक्षा, प्रा. डा. शंकरराज पाठकको शुभकामना मन्तब्य एवं कार्यक्रम समीक्षा एवं समापन माधव वियोगीले शब्दयात्रा प्रकाशनका निर्देशक कृष्णमणी कुईकेलले सम्मानित व्यक्तिहरुको सम्मानपत्रको विवरण पढेर सुनाएका थिए ।

कार्यक्रमा साहित्यिकक्षेत्रका विशिष्ट ब्यक्तिहरु र शब्दयात्राप्रकाशन परिवारको उल्लेखउपस्थित रहेको थियो ।

तस्विर: सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ चैत्र २०८१, बिहीबार १८:५२
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
