
काठमाडौं । आज काठमाडौंको विभिन्न स्थानमा आन्दोलन हुँदैछ । नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्दैछन ।
गत बुधबारदेखि शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग गर्दै माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा शिक्षकको सहभागी भएपनि आन्दोलन शान्तिपूर्ण रहेको छ ।
सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने गरेका छन् । यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानबाट र्याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्दैछ ।
आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ चैत्र २०८१, मंगलवार १०:४०
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
