
काठमाडौं । अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ ।
नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्र बहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्र प्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सह–सचिव तथा नरेश बैद्य कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् । यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पुर्याउने सबैलाई सम्मान पनि गरिएको थियो । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण आरसीटी नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ ।
तस्बिर : राजेन्द्र चित्रकार
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ११:२५
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
