बनेपा । बनेपा प्रकाशन प्रा. लि. को आयोजनामा यही चैत १ गते शुक्रबार ‘भजनको लेखन, सङ्गीत र गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठी तथा ‘गौरीशङ्कर आरती’ (आध्यात्मिक गान) को सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापतित्व बनेपा प्रकाशन प्रा. लि. का सञ्चालक गीता अधिकारीले र सञ्चालन शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो ।
कार्यक्रममा डा. इन्दुल केसीले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध आध्यात्मिक गानहरूका विषयमा विभिन्न वक्ताहरूले आआफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । विचार व्यक्त गर्नेहरूमा गीतिभास्कर मच्छेश्वर सापकोटा, समीक्षक डा. श्याम भट्टराई, गायिका सरस्वती सापकोटा, गायक प्रताप राना, लेखक केदारनाथ तिमल्सिना र लेखिका पुण्यवती घले हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा हरि मञ्जुश्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको समुद्घाटन तथा ‘गौरीशङ्कर आरती’ (आध्यात्मिक गान) को सार्वजनिकीकरण प्रमुख अतिथिले गर्नुभएको थियो भने मेलवादेवी गुरुङ लगायतका दिवङ्गत गायक, गायिका र सङ्गीतकारहरूको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।
‘भजनको लेखन, सङ्गीत र गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठीको आयोजना गरिएको यो दोस्रोपटक हो । पहिलोपटक डा। इन्दुल केसीको आयोजनामा भक्तपुरको वाराही पीठमा गत फागुन ७ गते सम्पन्न भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
